load zoom app zoom meeting join download for windows - zoom meeting join download for windows are pcr tests for covid accurate zoom download speed requirements zoom 5.9 download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

स्विडेनलाई पराजित गर्दै इंग्ल्यान्ड फाइनलमा

 बुधबार, साउन ११ २०७९  

काठमाडौँ । स्विडेनमाथि ४-० को सहज जित निकाल्दै घरेलु टोली इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

सेफिल्डमा मंगलबार राति इंग्ल्यान्डलाई जित दिलाउन बथ मिड, लुरी ब्रन्ज, एलेसिया रुसो र फ्रान किर्विले समान एक-एक गोल गरे।

पहिलो हाफमा १ गोल गरेको इंग्ल्यान्डले दोस्रो हाफमा थप तीन गोल गरेको थियो ।

इंग्ल्यान्ड महिला युरोको इतिहासमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको हो । यसअघि इंग्ल्यान्ड सुरुवाती संस्करण सन् १९८४ र नवौं संस्करण २००९ मा फाइनलमा प्रवेश गरेको थियो ।

यद्यपि उपाधि भने हात पार्न सकेको छैन । अब, इंग्ल्यान्डले उपाधिको लागि जर्मनी र फ्रान्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया सबै