zoom login online uk join zoom meeting for pc soundboard for zoom download zoom beta download zoom meeting app for pc zoom cloud download for pc download zoom for windows 10 filehippo
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

काठमाडौँ आउँदै गरेको बस दाउन्‍नेमा पल्टिएर आगलागी हुँदा ३१ यात्रु घाइते

 बुधबार, साउन ११ २०७९  
सांकेतिक तस्बिर

काठमाडौँ । नवलपरासी पूर्वको दाउन्‍नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् ।

कञ्चनपुरबाट काठमाडौँका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा ३१ जना जना सवार थिए ।

घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ । घाइतेमध्ये ६ जनालाई उपचारका लागि भरतपुर अस्पताल चितवन पठाइएको छ । अन्यको स्थानीय मध्यबिन्दु अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया सबै