टाइगर र दिशाको प्रेम सम्बन्धमा ब्रेक

काठमाडौं । ६ वर्षदेखि डेटमा रहेका बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानी अलग भएका छन् । ‘लभबर्ड’को नाम पाएका यी जोडी यस वर्षको सुरुवातमै अलग भएको बताइएको छ ।
हिन्दुस्तान टाइम्सका अनुसार एक वर्षदेखि उनीहरुको सम्बन्धमा उतारचढाव आएको थियो । टाइगर र दिशाले भने कहिल्यै पनि रिलेसनसिपलाई स्वीकारेका थिएनन् । तर दुवैलाई प्रायः सँगै देख्न सकिन्थ्यो ।
समाचार अनुसार अब यी दुई सँगै छैनन् । दुवैबीच के भयो त्यो स्पष्ट छैन, तर उनीहरु अहिले सिंगल छन् । ब्रेकअपको पुष्टि गर्दै टाइगर निकट साथीले भने, ‘हामी सबै जनालाई एक साता पहिल्यैदेखि थाहा थियो ।
उनीहरुले आजसम्म यसबारे कसैसँग कुरा पनि गरेका छैनन् । अहिले टाइगर आफ्नो काममा फोकस छन् । दिशासँगको ब्रेकअपपछि उनी त्यति प्रभावित छैनन् ।’ दिशा आगामी फिल्म ‘एक भिलेन रिटर्न्स’मा देखिंदैछन् । टाइगर चाहिं ‘गणपत’ र ‘बागी ४’ मा देखिने भएका छन् ।