ट्याक्सीमाथि बस पल्टियो
बुधबार, साउन ११ २०७९

काठमाडौं । ललितपुरको ग्वार्कोमा ट्याक्सीमाथि बस पल्टिएको छ । बुधबार बिहान बीएण्डबी अस्पताल नजिकै बस ट्याक्सीमाथि पल्टिएको हो ।
जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार बा ३ ख ४४४० नम्बरको बस बा २ ज ६०१ नम्बरको ट्याक्सीमाथि पल्टिएको थियो । घटनामा ट्याक्सी चालक सञ्जोग घिसिङ घाइते छन् । दुर्घटनाको कारण खुलिनसकेको ललितपुरका डीएसपी अंगुर जिसीले बताए ।
प्रतिक्रिया
सबै