८ आश्विन २०८०, सोमबार Monday 25 September, 2023

२७ वर्षीय पुरूषलाई बन्धक बनाएर ७ लाख फिरौती माग, ६ जना पक्राउ

 बुधबार, साउन ११ २०७९  

दाङ । दैलेख चामुन्डाबिन्द्रसैनी नगरपालिका-३ बस्ने २७ वर्षीय पुरूषलाई बन्धक बनाई नगद ७ लाख रूपैयाँ फिरौती माग गरेको घटनामा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा दाङ बबई गाउँपालिका-३ बस्ने ३५ वर्षीय लिलाराम बिक, ३५ वर्षीय मार्सल भन्ने नेप बहादुर घर्ति, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रे बस्ने २५ वर्षीय सकुलाल बिक, कपिलवस्तु शिवराज नगरपालिका—९ बस्ने २० वर्षीय मनोज थारू, प्युठान गौमुखी गाउँपालिका-७ घर भई दाङ तुलसीपुर उपमहानगरपालिका-६ हातीखौवा बस्ने २४ वर्षीय जनक कवँर र तुलसीपुर उपमहानगरपालिका-७ बस्ने २६ वर्षीया निर्मला विश्वकर्मा रहेका छन् ।

प्रहरीका अनुसार सोमबार राति बुटवल बसपर्कमा दैलेख जाने गाडी खोजी रहेको अवस्थामा पीडितलाई निर्मलाले फोन गरी आफन्तको गाडी छ बुटवल पुल्चोकसम्म आउनु डाईभरलाई तपाईको नम्बर दिन्छु भनि बताएको र केही समयपछि लिलाराम बिक समेत ५ जनाले पीडितलाई कुटपिट गरी बागमती प्रदेश-०१-२५ च ८७२९ नम्बरको गाडीमा राखी दाङ तुलसीपुर उपमहानगरपालिका-५ सल्यान रोडस्थित युवम होटलमा बन्धक बनाई उक्त रकम फिरौती माग गरेको खुलेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पीडितलाई बन्धक बनाई राखेको होटलबाट सकुशल उद्दार गरी घटनामा संलग्न उनीहरूलाई र घटनामा प्रयोग भएको गाडी सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया सबै