latest zoom app free download - latest zoom app free download download zoom cloud meeting app windows zoom download para notebook zoom 5.6.5 download zoom download center for windows 11 download zoom meeting for max zoom software download windows 10
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

फिक्कलमा सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाढी बढिरहेको सिभिल बैंकले इलास्थित सूर्याेदय नगरपालिका-१० फिक्कलमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउन्टर जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइलीले उद्घाटन गरेका हुन् ।

अब त्यस क्षेत्रका सेवाग्राहीहरुले बैंकको एक्सटेन्सन काउन्टर मार्फत आफ्नो सम्पूर्ण बैंकिङ कारोबारहरु सजिलैसंग गर्न सक्नेछन् बैंकले जनाएको छ ।

सात लाख भन्दा बढी ग्राहकहरुलाई ११५ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले यस एक्सटेन्सन काउन्टर सहित १३ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ । साथै बंैकको हालसम्म ९९ एटिएम रहेका छन् ।

बैंकले गत आषाढ मसान्त सम्म रु. ९६ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ८७ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

सो एक्सटेन्सन काउन्टरको उद्घाटन समारोहमा प्रमुख अतिथि चित्रकला बराइली, सिभिल बैंकका प्रदेश-१ का प्रमुख राजेश ढकाल लगायत सो क्षेत्रका राजनैतिक व्यक्तित्वहरु, उद्योगी, व्यवसायी लगायत उपस्थित थिए ।

 

प्रतिक्रिया सबै