download zoom vdi zoom download free app zoom download pc 64 bit zoom free download for desktop download zoom for mc free download mini militia wall hack 14x zoom zoom desktop download windows 10 download zoom client us
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

कंगोमा शान्ति सेनामाथि आक्रमण, २ जना भारतीय सैनिकसहित तीनको मृत्यु

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । कंगोमा संयुक्त राष्ट्रसंघविरूद्ध प्रदर्शन गरिरहेकाहरूले शान्ति सेनाको क्याम्पमा समेत आक्रमण गरेका छन् । कंगोको उत्तरी क्षेत्रमा पर्ने किभु प्रान्तमा रहेको क्याम्पमा मंगलबार प्रदर्शनकारीहरूले आक्रमण गरेका हुन् ।

सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार त्यहाँ रहेका नेपाली सैनिक भने सुरक्षित रहेको छ । उनले भनेका छन्- ‘हामी त्यहाँ रहेका नेपाली सैनिकसँग नियमित सम्पर्कमै छौँ । त्यहाँको घटनालाई नजिकबाट नियालिरहेका छौँ । उहाँहरू सुरक्षित रहेको जानकारी पाएका छौं ।’

आक्रमणमा दुई जना भारतीयसहित तीन शान्ति सैनिकको मृत्यु भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत् आफ्ना सैनिक मारिएकोमा दुःख व्यक्त गरेका छन् ।

‘आक्रमणबाट दुई जना भारतीय सैनिकको मृत्यु भएको समाचारप्रति निकै दुस्खी छु। आक्रमणकारीलाई न्यायिक कठघरामा उभ्याउनैपर्छ,’ उनले भनेका छन् ।

शान्छि सैनिकमाथिको आक्रमणलाई राष्ट्रसंघले युद्ध अपराध भनेको छ । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले भनेका छन्— ‘शान्ति सेना माथिको आक्रमण युद्ध अपराध हो ।’

प्रतिक्रिया सबै