www.zoom meeting download zoom meeting login us - zoom meeting login us download zoom windows computer zoom media download adjust monitor size windows 10
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

एसईईको नतिजा सार्वजनिक

 बुधबार, साउन ११ २०७९  

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या नौ हजार ६३३ रहेको छ ।

बुधबार बसेको बोर्डको बैठकले कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) एसईईको नतिजा सार्वजनिक गरेको हो । सार्वजनिक नतिजा अनुसार ४ लाख ९५ हजार ७५१ जना सहभागी भएका थिए ।

बोर्डका अनुुसार कोरोना भाईरस (कोभिड-१९) महामारीका कारण दुई वर्षपछि कक्षा १० का विद्यार्थीले बोर्डले तयार पारेको प्रश्नपत्रको आधारमा भौतिक परीक्षा दिएका हुन् ।

शैक्षिक सत्र २०७६ र २०७७ मा आन्तरिक मूल्याङ्कनबाट नतिजा सार्वजनिक गरेको बोर्डले शैक्षिक २०७८ को परीक्षा वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गरेको थियो ।

एसईईको नतिजा राष्ट्रिय परीक्षा बोर्ड, राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यलय कक्षा १०, नेपाल टेलिकम लगायतको वेबसाइटबाट तथा एसमएमएस र आईभीआरबाट पनि हेर्न सकिनेछ ।

यस्तो छ प्रदेशगत नतिजा
एसईई परीक्षामा प्रदेश नम्बर १ बाट कुल ८४ हजार ४९१ परीक्षार्थी उत्तीर्ण भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बुधबार सार्वजनिक गरेको नतिजा अनुसार कुल उत्तीर्ण प्रतिशतको आधारमा प्रदेश १ बाट १७।४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका हुन् । विभिन्न जीपीए ल्याएर सो संख्यामा विद्यार्थी उत्तीर्ण भएका हुन् ।

यस्तै मधेस प्रदेशबाट ७६ हजार ८४७ जना परीक्षार्थी उत्तीर्ण हुँदा बागमती प्रदेशबाट सबैभन्दा धेरै १ लाख ७ हजार ४२५ जना उत्तीर्ण भएका छन् । बागमतीको उत्तीर्ण प्रतिशत २१.६७ रहेको छ ।

गण्डकी प्रदेशबाट ४६ हजार १२९, लुम्बिनी प्रदेशबाट ४६ हजार ४८७, कर्णालीबाट ३७ हजार ३६२ र सुदूरपश्चिम प्रदेशबाट ५७ हजार १० जना उत्तीर्ण भएका छन् । सबै प्रदेशबाट ४ लाख ९५ हजार ७५१ जना उत्तीर्ण भएकोको नतिजा निकालिएको छ ।

 

प्रतिक्रिया सबै