नेप्सेमा आज २३ अंकको वृद्धि, ३ अर्बको कारोबार
बुधबार, साउन ११ २०७९

काठमाडौं । सेयर बजार नेप्सेमा बुधबार दोहोरो अंकले बृद्धि भएको छ । बुधबार २३.८३ अंकले बढेको बजार २१११.९९ बिन्दुमा पुगेर रोकिएको छ ।
व्यापारबाहेक सबै उपसमूहको मूल्य बढेको छ । यसमा पनि सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएको छ । बुधबार कुल २२७ कम्पनीको ५० हजार २९७ वटा कारोबारबाट ७५ लाख ८ हजार १८८ कित्ता शेयर किनबेच भएको हो ।
यसबाट ३ अर्ब १६ करोड १४ लाख ५५ हजार १४२ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार जानकी फाइनान्स, यूनाइटेड मोदी हाइड्रो र राष्ट्रउत्थान लघुवित्तको मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
नेष्डो लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, यूनिभर्सल पावर, यूनियन हाइड्रोपावरसमेत धेरै बढ्ने कम्पनीमा रहे । डिभेन्चरहरुको मूल्य भने धेरैको घटेको छ । बुधबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।
प्रतिक्रिया
सबै