३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

वडाध्यक्षलाई खुकुरी प्रहार गर्ने दुईजना पक्राउ

 बुधबार, साउन ११ २०७९  

काठमाडौँ। वडाध्यक्षलाइ खुकुरी प्रहरी गरी घाइते बनाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बारेकोट– ६ का टेकेन्द्र नेपाली र अविनास विक रहेका छन् ।

जाजरकोट बारेकोट गाउँपालिका –६ का वडाध्यक्ष डम्बरबहादुर महतारालाई साउन ९ गते खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाइ कुशे गाउँपालिका– ५ बाटुलेबाट पक्राउ गरिएको जाजरकोटका डिएसपी सन्तोष निरौलाले जानकारी दिए । घाइते वडाध्यक्ष महतारालाइ टाउकोमा गम्भीर चोट लागेको छ । उनको कोहलपुर मेडिकल कलेजमा उपचार भईरहेको छ ।

प्रतिक्रिया सबै