२३ मंसिर २०८०, शनिबार Saturday 9 December, 2023

टिकटक बनाउने क्रममा चिप्लिएर तालमा खसेका एक युवाको शव भेटियो

 बुधबार, साउन ११ २०७९  

काठमाडौँ । टिकटक बनाउने क्रममा चिप्लिएर सल्यानको कुपिण्डे तालमा बेपत्ता भएका युवाको शव भेटिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका–६ का ३७ वर्षीय बेद बहादुर बस्नेतको बुधबार शव भेटिएको हो ।

मंगलबार दिउँसो उनी साथीहरुसँग तालको किनारमा टिकटक बनाइरहेको अवस्थामा चिप्लिएर तालमा खसेका थिए । उनको तालभित्र अन्दाजी ५० मिटर तल शव फेला परेको सल्यान प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै