११ बैशाख २०८१, मंगलवार Tuesday 23 April, 2024

मन्दाकिनीको आईपीओ भर्ने आज अन्तिम दिन

 बिहिबार, साउन १२ २०७९  

काठमाडौँ। मन्दाकिनी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

कम्पनीले ९ साउनबाट ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको आईपीओ जारी गरेको थियो।

सर्वसाधारणका लागि १० लाख ९३ हजार ७४९ कित्ता छुट्याइएको छ। लगानीकर्ताले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

यसमा बिक्री प्रबन्धकको काम बिओके क्यापिटल लिमिटेडले गरेको छ ।

प्रतिक्रिया सबै