zoom login download pc zoom download for windows 11 laptop - zoom download for windows 11 laptop download zoom recording that is shared download zoom.com join zoom meeting online - join zoom meeting online free art app with infinite zoom join zoom meeting with password and id impact zoom blur free download
११ आश्विन २०७९, मंगलवार Tuesday 27 September, 2022

एमालेसँग मिल्ने सम्भावना सकियो : प्रचण्ड

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँगको चुनावी तालमेलको च्याप्टर क्लोज भएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहीबार बसेको स्थायी कमिटी बैठकमा वर्तमान राजनीतिक अवस्थाबारे ब्रिफिङका क्रममा प्रचण्डले एमालेसँग मिल्ने सम्भावना अब सकिएको बताएका हुन् ।

२०७४ को निर्वाचनमा गठबन्धन गरेका माओवादी केन्द्र र एमालेबीच मिल्ने सम्भावनाको खोजी भइरहेका बेला प्रचण्डले भने- ‘अब एमालेसँग गठबन्धन वा तालमेलको च्याप्टर क्लोज भएको छ । त्यो सम्भावना तत्कालका लागि अन्त्य भएको छ ।’

अहिले एमाले र माओवादीका केही नेताहरुबीच दुई दलबीच गठबन्धन गर्नुपर्ने विषयलाई लिएर छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले अब वाम दलहरुबीच समाजवादी केन्द्र बनाए पनि आगामी चुनावसम्म कांग्रेससँगकै गठबन्धन कायम गरेर जाने बताएका हुन् ।

‘अब आगामी चुनावसम्म एमालेसँग गठबन्धनको च्याप्टर क्लोज भयो । तत्कालका लागि त्यो सम्भावना छैन। हामी कांग्रेससँगकै गठबन्धनलाई निरन्तरता दिने पक्षमा छौँ।’

प्रतिक्रिया सबै