७ मंसिर २०८०, बिहीबार Thursday 23 November, 2023

एकैदिन ७१० जनामा संक्रमण, २ जनाको मृत्यु

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७१० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार २५ वटा नमुना परीक्षण गर्दा ७१० जनामा संक्रमण पुष्टि भएको हो ।

आज संक्रमणका कारण दुईजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड—१९ का कारण मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ ।

आज २१५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या चार हजार २३६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया सबै