१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

नेप्से आज दोहोरो अंकले बढ्यो, झन्डै पाँच अर्बको कारोबार

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज दोहोरो अंकले बृद्धि भएको छ । बुधबार २४ अंकले बढेको नेप्से आज १५.४४ अंक (०.७३ प्रतिशत)ले बढेर दुई हजार १२७.४७ को विन्दुमा पुगेको हो ।

आज दिनभर २२१ कम्पनीका एक करोड १९ लाख ५५ हजार ७६ कित्ता सेयर किनबेच भएको छ । दिनभर चार अर्ब ९७ करोड ६४ लाख ३३ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सेन्सेटिभ इन्डेक्स पनि ०.६७ प्रतिशतले बढेर ४०५.६२ को विन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये १० वटा उपसमूहको परिसूचक बढेको छ भने तीनवटा उपसमूहको परिसूचक घटेको छ । आज सर्वाधिक धेरै फाइनान्स समूहको ३.१३ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया सबै