७ जेष्ठ २०८१, सोमबार Monday 20 May, 2024

सगरमाथा इन्स्योरेन्सद्वारा २ करोड ६५ लाख दावी भुक्तानी

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले २ करोड ६५ लाखको दावी भुक्तानी गरेको छ । यस इन्स्योरेन्सले २०७८ पुष २१ ग्त मलानपुर, भारतमा भएको सडक दुर्घटनामा क्षति अन्तर्गत दावी वापत हाइटेन्सन स्वीचगियर प्रा.लि.लाई २ करोड ६५ लाख ७३ हजार ८ सय ४९ को दावी भुक्तानी गरेको हो ।

उक्त रकम बराबरको चेक विहिबार हाइटेन्सन स्वीचगियर प्रा.लि.का अध्यक्ष द्वारिका श्रेष्ठलाई सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड भक्तपुर शाखा प्रमुख भरत अधिकारीले यस कम्पनीको प्रमूख कार्यकारी अधिकृत चंकी तथा हाइटेन्सन स्वीचगियरका निर्देशक नरेश अग्रवालको रोहवरमा हस्तान्तरण गरेका हुन् ।

सगरमाथा इन्स्योरेन्स कम्पनी दावी भुक्तानीमा संवेदनशिल रही आफ्नो ग्राहकहरुलाई यथासक्य चाँडै दावी भुक्तानी गर्न प्रयत्नशील रही आएको छ । यस इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८/०७९ मा रु. १ अरव ८५ करोड बराबरको दावी भुक्तानी गरि सकेको कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया सबै