zoom 32 bit download free download of zoom app zoom health download zoom link not working on laptop how do i use zoom app
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

साबित्रीको हत्या अभियोगमा यम बहादुर पक्राउ

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । आफ्नै श्रीमती ३१ वर्षीया साबित्री थापा क्षेत्रीको विभत्स हत्या गरेको अभियोगमा कञ्चन गाउँपालिका—१ डेलर बस्ने ३३ वर्षीय यम बहादुर थापा क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै घरको सुत्ने कोठामा बुधबार बिहान साबित्री मृत अवस्थामा रहेको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले घटना शंकास्पद र हत्या भएको हुन सक्ने देखिएपश्चात उनलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार दुवै जनाले मादक पदार्थ सेवन गरी सुतेको र अघिल्लो दिन साँझ दराजमा राखेको नगद १ हजार रुपैयाँ लिई रक्सी किनेर खाई यम बहादुरले राति उठेर पैसा गन्दा एक हजार कम भएपछि श्रीमतीलाई उठाई पैसा नसोधी लिई गएको भनि कुटपिट गर्ने क्रममा खाटको खुट्टा र भित्तामा टाउको ठोकाई हत्या गरेको अनुसन्धानबाट खुल्न आएको हो ।

उनी उपर ज्यान सम्बन्धि कसूर अन्तर्गत म्याद थप गरी अनुसन्धान भइरेहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै