infinite zoom gif download zoom client windows download why is my zoom meeting not showing up on my calendar why won't zoom open on my laptop how do you download a zoom app
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

महानिरीक्षकद्वारा १३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । नेपाल सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी उपरीक्षक र सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका १३ जना अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् । प्रधान कार्यालय हलचोक स्वयम्भुमा आज एक कार्यक्रमकाबीच उनीहरुलाई सो चिन्ह प्रदा न गरेका हुन् ।

अवसरमा महानिरीक्षक अर्यालले पदोन्नती भएका अधिकृतहरुलाई बधाई दिँदै आगामी दिनहरुमा कार्यसफलताको शुभकामना समेत व्यक्त गरे । उनले पदोन्नती सँगै प्राप्त भएको जिम्मेवारी र ट्रेड अनुसारको कार्यसम्पादनमा आर्थिक अनुशासनमा रहि जिम्मेवारी निर्वाहमा लाग्न निर्देशन पनि दिए । संगठनमा आवद्ध कर्मचारीहरुको बृत्तिविकास र उन्नतिको लागि संगठनले हर सम्भव प्रयास गरिरहेको उनले बताए ।

नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको असार १३ र साउन १० गतेको निर्णयले सशस्त्र प्रहरी सेवा, साधारण समूह अन्तर्गत साधारण, कानुन, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षकबाट सशस्त्र प्रहरी उपरीक्षक पदमा र प्राविधिक समूह, अन्तर्गत स्वास्थ्य उपसमूहतर्फ प्राविधि सशस्त्र प्रहरी नायव उपरीक्षकबाट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक पदमा तथा सचिवस्तरकै असार २४ गतेको निर्णयले साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी
निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका थिए ।

समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्रप्रकाश गौतम लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती थियो ।

प्रतिक्रिया सबै