नेपाल प्रहरीका २४ जना एसपीको सरुवा
बिहिबार, साउन १२ २०७९

काठमाडौं । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले यसअघि सरुवा भएका एसपीलाई सोही ठाउँमा कायम राख्दै बिहीबार २४ एसपीको सरुवा सूची निकालेको छ ।
प्रहरी प्रधान कार्यालयले गत साता मात्रै ११ जना एसपीको काज सरुवा गरेको थियो । उनीहरु सोहि स्थानमा कायम छन् । त्यसअघि पनि मोरङ लगायतका एसपी काजमा खटिएका थिए ।
उनीहरुको पनि सरुवा कायम गरिएको छ । यी सहित थप एसपीलाई सरुवा गरिएको हो ।
यो निर्णयसँगै कास्की, भक्तपुर, सर्लाही, कपिलवस्तु, मकवानपुर, रौतहट, डोटी, सिन्धुपाल्चोक, मोरङ, कैलाली र बाराका प्रहरी प्रमुख फेरिएका छन् ।
सूची
प्रतिक्रिया
सबै