२८ चैत्र २०८०, बुधबार Wednesday 10 April, 2024

जनार्दन शर्माबारे छानबिन समितिको प्रतिवेदन तयार

 बिहिबार, साउन १२ २०७९  

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप छानबिन गर्न गठन भएको विशेष समितिले प्रतिवेदन तयार गरेको छ । उक्त प्रतिवेदन भोलि सभामुखलाई बुझाईने भएको छ ।

आज प्रतिवेदन लेखनको काम सकिएको समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले बताए । भोलि सभामुखलाई प्रतिवेदन बुझाएपछि सार्वजनिक हुने उनले बताए ।

शर्मामाथि चालू आर्थिक वर्षको बजेट र त्यससँग सम्बन्धित आर्थिक विधेयक तयार गर्दा बाहिरी मान्छे संलग्न गराएको आरोप लागेको छ ।

आर्थिक विधेयकमा बाहिरी व्यक्ति संलग्न गराएर करका दर हेरफेर र संशोधन गरिएको विषय संसदमा उठेको थियो ।

त्यसपछि छानबिन गर्न विशेष समिति गठन भएको गरिएको थियो । गठित समितिलाई शुक्रबारसम्म प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ ।

प्रतिक्रिया सबै