६ मंसिर २०८०, बुधबार Wednesday 22 November, 2023

‘संघीयता विरोधीलाई प्रतिबन्ध लगाऔँ’

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । सांसद प्रमोद साहले जनताको बलिदानबाट प्राप्त संघीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका छन् ।

आज बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद साहले जनताको बलिदानबाट प्राप्त सङ्घीयतालाई कमजोर बनाउने अभिव्यक्ति दिने छुट कसैलाई नभएको बताएका हुन् ।

‘संसदमै केही पार्टीका नेताले संघीयता विरोधी अभिव्यक्ति दिएका छन्, म त्यसप्रति खेद प्रकट गर्दछु, संघीयतालाई कमजोर बनाउने विषय संसद्मा उठ्छ भने त्यसलाई प्रतिबन्ध लगाउनुपर्छ’, उनले भने । त्यस्ता आवाजलाई कुण्ठित गराउन सभामुखमार्फत रुलिङ गर्न पनि उनले माग गरे ।

मुलुक संघीयतामा गएकै कारण राज्यका निकायमा महिला, दलित, जनजाति, उत्पीडित तथा उपेक्षित वर्गको प्रतिनिधित्व बढेको भन्दै उनले संघीयतालाई बलियो बनाउन सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् ।

प्रतिपक्षी दलका केही नेताले संसदमै संघीयता विरोधी आवाज उठाउन थालेको भन्दै उनले उत्पीडित जनता आफैँले सङ्घीयताको रक्षार्थ कुनै कसर बाँकी नराख्ने पनि चेतावनी दिए ।

प्रतिक्रिया सबै