१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

संसदीय समितिद्वारा जनार्दन शर्मालाई सफाइ (पूर्णपाठ)

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गर्न बनेको संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा करका दर निर्धारणमा अनधिकृत व्यक्ति प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेको छ ।

समितिले निवर्तमान अर्थमन्त्री शर्मालाई सफाई दिएको हो । उक्त प्रतिवेदन सभामुखलाई बुझाएको छ ।

‘करका दर निधारणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको देखिएन । सो नदेखिएपछि करका दर हेरफेरमा अनाधिकृत व्यक्तिको प्रभावको प्रसङ्ग सान्दर्भिक रहेन’, प्रतिवेदनमा भनिएको छ । ‘करका दरले अर्थतन्त्रमा पारेका प्रभावहरूको नियमित अध्ययन संसदको सम्बन्धित विषयगत समितिले गर्ने नै हुँदा त्यसतर्फ यस समितिले थप केही गर्नु पर्ने देखिएन ।’

समितिले सीसीटीभी व्यवस्थापन समेत सिंहदरबार मल गेटदेखि प्रायः सबै निकायमा कमजोर अवस्थामा रहेको जनाएको छ । ‘सीसीटीभी जडान तथा सञ्चालन सम्बन्धी निर्देशिका, २०७२ अधिकांश सरकारी निकायले पालना गरेको पाइएन । आर्थिक ऐन, २०७९ मा करका दरहरू हेरफेर गर्ने प्रयोजनको लागि अनाधिकृत व्यक्ति प्रवेश गरे नगरेको सम्बन्धमा यकिन गर्न समेत व्यवस्थित अभिलेखको अभावको कारणले सहज भएन’, समितिले भनेको छ ।

प्रतिवेदनको पूर्णपाठ

प्रतिक्रिया सबै