त्रिवि सुधारका लागि अखिल क्रान्तिकारीका १५ बुँदे माग

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालयका विकृतिहरु समाधानका लागि १५ बुँदे मागपत्र बुझाएको छ । अध्यक्ष पञ्चा सिंहसहित क्रान्तिकारीका पदाधिकारीहरुले आज त्रिवि उपकूलपति पा.डा. तीर्थराज खनियासमक्ष मागपत्र बुझाएका हुन् ।
उनीहरुले बुझाएको मागपत्रमा देशकै ठूलो र पुरानो प्राज्ञिक थलोको रुपमा रहेको विश्वविद्यालयलाई शैक्षिक ठेकेदारहरुबाट हमला भएको आरोप लगाउँदै आम विद्यार्थीमाथिको भिवष्यमा खेलबाड भइरहेको उल्लेख छ ।
पत्रमा भनिएको छ- ‘विश्वविद्यालय प्रशासनको प्रमुख उपकुलपतिको कार्यालयमै १४१ दिनको तालाबन्दी, शिक्षाध्यक्ष, रजिष्टारको कार्यकक्षका महिनौ देखिका तालाबन्दी, त्रिवि सेवा आयोगको आंशिक प्राध्यापकहरुको तालावन्दी, विभिन्न विभागहरुमा भई राखेका तालाबन्दीले विश्वविद्यालय कुन अवस्थाबाट गुज्रिएको छ र यसका संचालकहरुबाट विश्वविद्यालय कसरी चलिरहेको छ भन्ने सजिलै अन्दाज लगाउन सकिन्छ ।’
क्रान्तिकारीले आजको दिनमा विश्वविद्यालयलाई समयानुकूल रूपान्तरणको माग राख्दै विद्यार्थीहरूलाई सर्वसुलभ ,विश्वसनीय र गुणस्तरीय शिक्षा प्राप्त गर्ने वातावरणको सुनिश्चितता गर्न १५ बुँदे माग प्रस्तुत गरेको हो । आफ्ना मागहरु तत्काल पूरा नगरी बेवास्ता गरी गैरजिम्मेवार बनेमा संगठनले जस्तोसुकै कदम चाल्न पनि तयार रहेको चेतावनी समेत दिएको छ ।
यस्ता छन् १५ बुँदे मागहरु