१३ फाल्गुन २०८०, आईतवार Sunday 25 February, 2024

समाजवादी केन्द्रबारे प्रचण्ड र बर्षमानको कुरा बाझ्यो !

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । चार पार्टी मिलाएर नेकपा समाजवादी केन्द्र बनाउने सहमति भइसकेको भन्ने विषयमा माओवादी केन्द्रका शीर्ष नेताहरुको कुरा बाझेको छ ।

केही दिनअघि माओवादी केन्द्रका नेता वर्षमान पुनले चार पार्टी मिलाएर समाजवादी केन्द्र बन्ने निश्चित भइसकेको बताएका थिए । नेता पुनले कांग्रेससँगको गठबन्धन के हुन्छ प्रष्ट नभए पनि माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई र वामदेव गौतमबीच समाजवादी केन्द्र बनाउने सहमति भइसकेको बताएका थिए ।

तर, माओवादी केन्दका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भने तत्काल समाजवादी केन्द्र नबन्ने बताएका छन् ।

शुक्रबार माओवादी केन्द्रनिकट पत्रकारको संगठन प्रेस सेन्टरको दोस्रो केन्द्रीय समिति बैठक सम्बोधन गर्दै प्रचण्डले तत्काल समाजवादी केन्द्र नबन्ने दाबी गरेका हुन् ।

समाजवादी केन्द्र निर्माणका लागि छलफल नै नभएको पनि जिकिर गरे । ‘तत्काल समाजवादी केन्द्र बन्दै छैन । हाम्रो छलफलमा त्यो कुरा भएको छैन’, उनले भने ।

आगामी प्रदेशिक र संघीय निर्वाचनमा एउटै चुनाव चिन्हमा लड्ने कुरा भने भएको स्वीकार गरे । उनले भने, ‘चुनावी मोर्चा वा चुनावी तालमेल हुन सक्छ । एउटै चुनाव चिन्हमा लड्नेसम्म कुरा भएको छ ।’

पाँच दलीय गठबन्धन चुनावसम्मै जाने प्रचण्डको भनाई छ । ‘यो गठबन्धन यो चुनावमा मात्रै होइन, पछिसम्म जान्छ । यही गठबन्धनले शान्ति प्रकृया टुंगो लगाउँछ । स्थानीय निर्वाचनको परिणाम राम्रो आएको छैन । कसैले एकलौटी गर्नु जरुरी छैन । त्यसमा काङ्ग्रेस पनि अलिक तयार हुनुपर्छ ।

 

प्रतिक्रिया सबै