९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

थप ५७७ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै यो अवधिमा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका अनुसार ४,२८२ को नमुना परीक्षण गरिएकोमा आरटी पिसिआर विधिबाट ३९१ र एन्टीजेन विधिबाट १८६ जनामा कोरोना संक्रमण भेटिएको हो ।

यससँगै सक्रिय संक्रमितको संख्या ४३५६ पुगेको छ । सो अवधिमा २६९ कोरोनाको संक्रमणबाट मुक्तसमेत भएका छन् ।

प्रतिक्रिया सबै