११ फाल्गुन २०८०, शुक्रबार Friday 23 February, 2024

ओलीलाई संसदीय निर्वाचनमा ठेगान लगाउँछौं : मन्त्री चौधरी

 शुक्रबार, साउन १३ २०७९  

काठमाडौं । शहरी विकास मन्त्री मेटमणि चौधरीले आगामी संसदीय निर्वाचनमा एमाले अध्यक्ष केपी ओलीको चुरिफुरी समाप्त हुने बताएका छन् ।

शुक्रबार एकीकृत समाजवादी पार्टी धरानद्वारा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले ओली र एमाले पार्टीलाई आगामी निर्वाचनमा ठेगान लगाउने बताएका हुन् ।

ओलीले दुई तिहाइको कम्युनिस्ट सरकार ढाल्ने, दुई पटकसम्म संसद् विघटन गर्ने र जनताले आन्दोलन गरेर प्राप्त गरेको गणतन्त्र समाप्त गर्न लाग्दा माधव नेपालको नेतृत्वमा एकीकृत समाजवादी पार्टी गठन गरि संविधान र गणतन्त्रको रक्षा गरेको मन्त्री चौधरीको भनाई छ ।

ओली राष्ट्रघाती भएकाले जनताले आगामी निर्वाचनमा एमालेलाइ देशै भरी चुनाव हराएर धुलो चटाउने उनले बताए । अबको निर्वाचनमा वर्तमान पाँच दलीय गठबन्धनसहित अर्को दल थपिएर छ दल मिलेर चुनाव लडने तयारी भैरहेको पनि उनले बताए ।

प्रतिक्रिया सबै