cloud zoom meeting app download which zoom app should i download zoom app launch join zoom meeting online from browser - join zoom meeting online from browser www.zoom.us/support/download
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

तरकारी बोकेको ट्रकमा भेटियो ६ बोरा गाँजा, १ जना पक्राउ

 शनिबार, साउन १४ २०७९  

काठमाडौं । सशस्त्र प्रहरीले बन्दा बोकेर भारत जान लागेको ट्रकबाट ६ बोरा गाँजा बरामद गरेको छ । विराटनगरबाट प्रदेश १ –०२– ००१ ख ८६७७ नम्बरको ट्रकमा लुकाएर लिएर जान लागेको १५६ केजी (६ बोरा) गाँजा प्रहरीले बरामद गरेको हो ।

गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका ३ का २९ वर्षीय विवेक राई पक्राउ परेका छन् । सङ्खुवासभाबाट बन्दा कोपी लोड गरेर ल्याएको ट्रकमा धनकुटाबाट गाँजा लोड गरेर भारततर्फ लैजाने क्रममा पक्राउ परेको हो ।

शुक्रबार राति भारत तर्फ हिडेको ट्रक चेकजाँच गर्दा सशस्त्र प्रहरी बल बिओपी (बोर्डर आउट पोस्ट) रानी विराटनगरले गाँजा बरामद गरेको हो ।

मिनी ट्रकबाट ६ बोरा गाँजा बरामद गरी कारवाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ । मिनी ट्रकमा ४६ बोरा बन्दा थियो ।

प्रतिक्रिया सबै