zoominfo stock - zoominfo stock zoom download shared recording zoom download all recordings zoom app for computer free download zoom client download for windows 10
१ भाद्र २०७९, बुधबार Wednesday 17 August, 2022

कांग्रेसलाई प्रचण्डको चेतावनी- संघ र प्रदेशको निर्वाचनमा सहयोग नगरे सहकार्य सहज हुँदैन

 शनिबार, साउन १४ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघ र प्रदेशको निर्वाचनमा नेपाली कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिएका छन् । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा शनिबार अध्यक्ष प्रचण्डले आफूले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिएका हुन् ।

कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गर्दै अध्यक्ष प्रचण्डले भने- ‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भावना छ । ‘मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।’

उनले भने- ‘कम्तीमा (गठबन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस् । गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन’ संघ र प्रदेशको निर्वाचनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वाचनमा भएको कमजोरी सुधार्ने उनले बताए ।

‘स्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैनथ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए । प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ’, अध्यक्ष प्रचण्डले भने ।

प्रतिक्रिया सबै