zoominfo engage logo - zoominfo engage logo zoom app install free download windows app for zoom zoom for pc download official zoom download incucyte zoom 2018a download download zoom laptop gratis
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

खोटाङमा ६ म्याग्निट्युडको भूकम्प

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ः१३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रकी प्रमुख मोनिका झाले यो खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति भएको नपाइएको बताइन् ।

प्रतिक्रिया सबै