५ बैशाख २०८१, बुधबार Wednesday 17 April, 2024

युनाइटेडको टिममा फर्किए रोनाल्डो

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । पोर्चुगिज फरवार्ड रोनाल्डो लामो समयपछि टिममा फर्किएका छन् । च्याम्पियन्स लिग क्लबहरूमा अनुबन्धको चर्चा चलिरहेको समयमा रोनाल्डो टिममा फर्केका हुन् ।

युनाइटेडमा मुख्य प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डो रायो भालेकानो विरुद्धको प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलका लागि टिममा भएको बताएका छन् । युनाइटेडका स्टार खेलाडी रोनाल्डो पारिवारिक समस्या देखाउँदै लामो समय विदामा बसेर यसै साता टिममा फर्किएका थिए ।

रोनाल्डोले शनिबार मात्र टिमसँग फिटनेस ट्रेनिङ गरेको फोटो पोष्ट गरेका थिए । रोनाल्डो ओल्ड ट्राफोर्ड आज (आइताबार) राति ८ः४५ बाट हुने खेलमा देखिने युनाइटेडले बताएको छ ।

प्रतिक्रिया सबै