१४ आश्विन २०८०, आईतवार Sunday 1 October, 2023

शिकागोको केन्टकीमा बाढी, २५ जनाको मृत्यु

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । शिकागोको पूर्वी केन्टकीमा आएको बाढीमा परेर एकै परिवारका चार बालबालिकासहि २५ जनाको मृत्यु भएको छ भने १२ जनाभन्दा बढी हराएका छन् ।

केही क्षेत्रहरूमा सहायताकर्मी पुग्नसक्ने अवस्था नरहेको बताउँदै केन्टकीका गभर्नर एण्डी बेसेयरले मृतकको सङ्ख्या बढ्न सक्ने जनाएको छ । बाढीका कारण विद्युत् आपूर्तिमा अवरोध हुँदा शनिबार बिहानसम्म राज्यभरका १६ हजार ग्राहक बिजुलीविहीन रहेका छन् ।

बेशियरले राज्यभर आपत्काल घोषणा गरिएको र उद्धार तथा सहयोगका लागि राष्ट्रिय उद्धार सुरक्षादस्तालाई बोलाइएको बताएको छ । बाढीले वेस्ट भर्जिनिया र भर्जिनियाका केही भागमा पनि असर गरेको छ । वेस्ट भर्जिनियाका गभर्नर जिम जस्टिसले छवटा काउन्टीमा आपत्काल घोषणा गरेका छन् ।

पूर्वी केन्टकीका केही क्षेत्रमा आज पनि बाढीको चेतावनी दिइएको छ । मौसम पूर्वानुमान सेवाले उक्त क्षेत्रका नदीनालामा जलसतह बढ्ने भविष्यवाणी गरेको छ ।

प्रतिक्रिया सबै