zoom.app download download zoom cloud meetings app for windows 10 information on zoom app zoom.us desktop download zoom meeting app download for windows 11 zoom.us download for windows
१३ आश्विन २०७९, बिहीबार Thursday 29 September, 2022

सेयर बजार आज ५४ अंकले वृद्धि, ४ अर्ब ६० करोडको कारोबार

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज उत्साह देखिएको छ । ५४ अंकले बढेको नेप्सेमा ४ अर्ब ६० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज नेप्से सूचक ५४.५८ अंकले बढ्दै २१ सय ९५.१० अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । नेप्सेले जनाए अनुसार क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ९.७२ अंकले बढ्दै ४१९.२० अंकमा उक्लिएको हो ।

आज १३ वटा उपसूचक मध्ये फाइन्स बाहेक सबै उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी निर्जीवन बीमा समूहको उपसूचक आज ४.५१ प्रतिशतले बढेको छ । भने फाइनान्स समूहको उपसूचक १.६ प्रतिशतले घटेको छ ।

इनभेष्टमेन्ट समूहको उसूचक ४.७६ प्रतिशतले, जीवन बीमा समूहको उपसूचक ४.१६ अंकले, ट्रेडिङ समूहको उपसूचक ३.६२ प्रतिशतले, अन्य समूहको उपसूचक ३.२६ प्रतिशतले, बैंकिङ समूह २.९२ प्रतिशतले, होटल तथा पर्यटन समूह २।७ प्रतिशलते बढेका छन् ।

उच्च अंकले बढेको बजारमा आज ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने दुई दर्जन भन्दा बढी कम्पनीको मूल्यमा ६ प्रतिशत माथिले वृद्धि भएको छ ।

प्रतिक्रिया सबै