१ बैशाख २०८१, शनिबार Saturday 13 April, 2024

शाकिरालाई १८८ करोड कर छलीको आरोप

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । कोलम्बियन गायिका शाकिराविरूद्ध कर छलीको आरोप लागेको छ ।

बिबिसीका अनुसार उनले २०१२ देखि २०१४ सम्म आयकर बुझाएकी छैनन् । उक्त आरोप प्रमाणित भयो भने उनलाई ८ वर्ष जेल सजाय हुने बताइएको छ ।

स्पेनिस अभियोजकले १४.५ मिलियन यूरो अर्थात् १८८ करोड (नेपाली रुपैयाँ) बराबरको कर छली गरेको आरोपमा उनीमाथि ८ वर्षको जेल सजाय माग गरेका छन् । उनीविरूद्ध स्पेन सरकारलाई धोका दिएको आरोप छ ।

शाकिराको पिआर अफिसरका अनुसार उनीविरूद्ध लागेको आरोप गतल हो । यस्ता मुद्दालाई शाकिरा अधिकारको उल्लंघन मान्छिन् ।

४५ वर्षिया गायिका शाकिराले उक्त अवधिमा स्पेनमा नबसेको दाबी गरेकी छन् । उनले २०१२ मा बार्सिलोनामा एक घर किनेकी थिइन् जहाँ उनी पूर्वपति जेराई पिकसँग बस्दै आएकी थिइन् ।

केही समयअघि शाकिरा र उनका प्रेमी तथा स्पेनका फुटबलर जेराई पिकेले सम्बन्ध विच्छेद गर्ने घोषणा गरेका थिए । उनीहरूले १२ वर्षको प्रेम सम्बन्धलाई टुंगाएका हुन् ।

प्रतिक्रिया सबै