३ श्रावण २०८१, बिहीबार Thursday 18 July, 2024

देशको नेतृत्व गर्न पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु : रबि लामिछाने

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संयोजक रवि लामिछानेले देशको नेतृत्व गर्ने अवसर पाए २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्ने बताएका छन् ।

आइतबार कञ्चनपुरको महेन्द्रनगरमा राष्ट्रिय स्वतन्त्र पाटीकोे जिल्ला भेलालाई सम्बोधन गर्दै संयोजक लामिछानेले मुलुकलाई बेथितिको चंगुलबाट मुक्त गराउने आफ्नो पार्टीको संकल्प रहेको बताए ।

कार्यक्रममा उनले भने— ‘म जहाँ रहन्छु, अन्याय, बेथितिविरुद्ध बोलिरहन्छु नागरिक समस्या थुप्रै छन्, ती समस्या समाधान गर्छु । मेरो नेतृत्वमा सरकार बने २४ घन्टाभित्रै बेथितिको भ्वाङ पुर्छु ।’

सिद्धान्त राम्रो भएका दलहरूले जनताको समस्याबारे ध्यानै नदिएकाले आफ्नो पार्टीले जनताको जीवन परिवर्तन गर्ने पनि उनले बताए । ‘जेल पठाउने रोज्ने कि, विभिन्न अपराध गरेर जेल जानेलाई रोज्ने,’ संयोजक लामिछानेले भने, ‘जनतालाई अब जवाफ होइन समाधान दिन्छौँ ।’

उनले आफूबाट देशलाई बिग्रार्ने काम नहुने प्रतिबद्धता जनाए । देशका तमाम बेथितिको अन्त्य गरेर जनताको अवस्था परिवर्तन गर्ने उनको भनाई छ । ‘अहिलेसम्म नेताले आफ्ना लागि बोले, तर, हजारौँ युवाका लागि बोलेनन्,’ उनले भने, ‘हामी सरकारमा गएपछि स्वदेशमै रोजगारी नभए विदेशमा श्रम सुरक्षित बनाउँछौँ ।’

प्रतिक्रिया सबै