zoom room setup download zoom pc download link zoom app for windows 10 64 bit download free download free zoom app zoom meeting joining why my zoom app is showing incorrect password speaker not working on zoom laptop - speaker not working on zoom laptop
१४ आश्विन २०७९, शुक्रबार Friday 30 September, 2022

अर्थमन्त्री जनार्दन शर्माले लिए शपथ

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । संसदीय छानबिन समितिबाट सफाइ पाएपछि पुनः अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्माले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

आइतबार साँझ राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई शपथ गराएकी हुन् ।

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले उनलाई सफाई दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् ।

राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् ।

प्रतिक्रिया सबै