राप्रपाको स्थानीय तह परिचालन विभागलाई पूर्णता
आइतवार, साउन १५ २०७९

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थानीय तह परिचालन विभागलाई पूर्णता दिएको छ । पार्टीकी उपाध्यक्ष रोशन कार्कीको संयोजकत्वमा विभागलाई पूर्णता दिएको हो ।
नवनियुक्त विभागका पदाधिकारीहरुलई अध्यक्ष राजेन्द्र लिङ्देनले नियुक्तिपत्र हस्तान्तरण गरेका छन् । सदस्य सचिवमा केदार न्यौपाने रहेका छन् । अन्य सदस्यहरुमा प्रा डा.गीता भक्त जोशी (काठमाडौं), पर्शुराम तामाङ्ग (धादिङ), रामहरि थापा (भक्तपुर), सुनिता शाह (सुर्खेत), केदार धमला (काठमाडौं), बलराम खनाल (चितवन) र भूमिराज निरौला (खोटाङ) रहेका छन् ।
प्रतिक्रिया
सबै