६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

कमजोरी सुधार्दै काम गर्छु : जनार्दन शर्मा

 आइतवार, साउन १५ २०७९  

काठमाडौं । राजीनामा दिएको २५ दिनपछि अर्थमन्त्रीमा नियुक्त भएका जनार्दन शर्माले विगतका कम्जोरी सुधार्दै काम गर्ने बताएका छन् ।

सिंहदरबार पुगेर आज कार्यभार सम्हाल्नेबित्तिकै उनले फेरि जिम्मेवारी दिएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा र पार्टी अक्ष्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितलाई धन्यवाद दिएका छन् ।

अर्थमन्त्रालयमा उनले भने, ‘मैले बजेट कार्यान्वयन गर्ने अवसर पाएको छु त्यसमा धन्यवाद व्यक्त गर्न चाहन्छु। ’ मन्त्रालयमा कार्यरत सबै कर्माचारीहरुलाई पहिला जस्तै सौहार्दयतापूर्ण वातारणमा काम गरेको पनि उनले स्मरण गराए । अहिले पनि त्यहीखालको सुमधुर सम्बन्ध कायम गरेर काम गर्ने अवसर पाउने अपेक्षा रहेको शर्माले बताए ।

‘यहाँहरुको साथ र सहयोग त्यहीअनुसार हुने अपेक्षा गरेको छुु, कर्मचारीहरुलाई इंगित तगर्दै भने- ‘विगतको बजेट कार्यन्वयनमा रहेका कमजोरी सुधारेर चालू आर्थिक वर्षको बजेट कार्यन्वयन गर्ने छु ।’

बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको भन्दै नेकपा एमालेले विरोध गरेपछि २२ असारमा संसदीय छानबिन समिति गठन भएको थियो । शर्माले त्यसै दिन राजीनामा दिएका थिए ।

संसदीय छानबिन समितिले उनलाई सफाई दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई अर्थमन्त्रीमा दोहोर‍याएका हुन् ।

मन्त्रालयले आफ्नो स्वागतमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेका शर्माले बजेट विवादबारे भने बोलेनन् ।

समितिले अनधिकृत व्यक्ति अर्थ मन्त्रालय प्रवेश गरेको नदेखिएको प्रतिवेदन बुझाएपछि माओवादीले शर्मालाई फेरि अर्थमन्त्रीमा सिफारिस गरेको थियो ।

आफूहरुले बनाएको बजेट कार्यान्वयन गर्ने अवसर दिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको नाम नै लिएर धन्यवाद दिए ।

कर्मचारीहरुसँग पनि विगतमा झैं सुमधुर सम्बन्ध र सहकार्य गरेर मन्त्रालयको जिम्मेवारी पूरा गर्ने उनले बताए ।

प्रतिक्रिया सबै