zoom app encryption download zoom backgroud zoom msi download windows 10 zoom app clone zoom webcam app mic not working in zoom meeting windows 10 zoom pc app dark mode
९ आश्विन २०७९, आईतवार Sunday 25 September, 2022

पोखरामा भारी वर्षा, १०० भन्दा बढी घर डुबानमा

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । आइतबार बेलुकादेखि निरन्तर भइरहेको भारी वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । मानवीय क्षति नभए पनि १०० भन्दा बढी घर डुबानमा परेको वडाध्यक्ष किरण बरालले जानकारी दिए ।

आइतबार रातिदेखि नै कमलपोखरी आसपासका क्षेत्र डुबानमा परेकाले रातिबाटै आफू डोजर लिएर थुनिएका विभिन्न ठाउँ तर्काउँदै हिँडिरहेको वडाध्यक्ष बरालको भनाइ छ । ‘तल दुईकुलो मुहान पनि हिजै खोलियो । माथिबाट आउने नहरको मुहान पनि बन्द गर्न भनिसकेका छौं’ उनले भने, ‘मुख्य समस्या भनेको काहुँखोलाबाट आएको पानीले डुबान पारेको हो ।’

पानी तर्काउने काम भइरहे पनि निन्तर भारी वर्षा भइरहेकाले समस्या भइरहेको वडाध्यक्ष बरालको भनाइ छ । पोखरा १३ कमलपोखरी क्षेत्र बर्सेनि डुबानमा पर्दै आइरहेको ठाउँ हो ।

प्रतिक्रिया सबै