१५ फाल्गुन २०८०, मंगलवार Tuesday 27 February, 2024

तातोपानी हुँदै चीन आउ-जाउ गर्ने बाटो बन्द

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । अविरल वर्षाको कारण अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ डाक्लाङमा आज बिहान सवा ५ बजे अन्दाजी २० मिटर सडक भासिएको छ ।

सडक भासिएका कारण तातोपानी हुँदै चीनतर्फ जाने आउने मालवहाक सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मतको लागि सडक विभागसँग समन्यव भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

प्रतिक्रिया सबै