download zoom for windows 64 bit downlado zoom zoom 5.6.0 download zoom meeting login meeting id - zoom meeting login meeting id download free version of zoom zoom install - zoom install join a zoom meeting with id and passcode
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

विप्लवसहितका नेताहरुविरुद्ध पक्राउ पुर्जी जारी

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवसहितका नेताहरूविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै उनीहरुलाई पक्राउ पुर्जी जारी गरिएको हो ।

ललितपुर जिल्ला अदालतले सोमबार जारी गरेको पक्राउ पुर्जीमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ ।

यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।

प्रतिक्रिया सबै