६ बैशाख २०८१, बिहीबार Thursday 18 April, 2024

अमेरिकामा वासिङ मेसिनभित्र १ बालक मृत फेला

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । संयुक्त राज्य अमेरिकामा वासिङ मेसिनभित्र सात वर्षीय बालक मृत फेला परेका छन् । बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन् ।

फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटा पहिलो पटक बिहीबार बिहान हराएका थिए । उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन् । पुलिस आइपुग्दा सम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन् ।

प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो । प्रहरीले यसबारे अझै घटनाको अनुसन्धान गरिरहेको छ । उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन् । ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक मृत फेला परेको थिए ।

अधिकारीहरूले बालकको मृत्युको कारण पत्ता लगाएका छैनन् । घटनाबारे प्रहरीले आपराधिक अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया सबै