काभ्रेस्थली घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटियो
सोमवार, साउन १६ २०७९

काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालको एकै परिवारका चार जना मृत भेटिएको घरमा ‘सुसाइड नोट’ पनि भेटिएको छ ।
गोरखा घर भई यहाँ बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका सोमबार कोठामै मृत अवस्थामा भेटिएका थिए ।
घटनाको अनुसन्धान गरिरहेका प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरेका छन् ।
घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ समेत भेटिएको प्रहरीले जनाएको छ । त्यसमा के लेखिएको छ भन्ने चाहिँ प्रहरीले खुलाएको छैन ।
प्रारम्भिक जानकारीअनुसार दिनेश करिव १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । तर पारिवारमा मेलमिलाप थिएन । दिनेश र सुनिता पारिवारिक झगडा लिएर ३ पटकसम्म प्रहरीको वालाजु वृत्तमा पुगेको पाइएको प्रहरीको भनाई छ ।
प्रतिक्रिया
सबै