८ मंसिर २०८०, शुक्रबार Friday 24 November, 2023

नेपाल प्रहरी श्रीमती संघको ३८औं वार्षिक साधारणसभा सम्पन्न

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुशुम लता सिंहको प्रमुख आतिथ्यमा ३८औं वार्षिक साधारणसभा भृकुटीमण्डपमा आइतबार आयोजित एक कार्यक्रमबीच सम्पन्न भएको छ ।

संघकी अध्यक्ष श्रीमती सिंहले संघलाई आउँदा दिनहरूमा स्तरोन्नति गरी अझ प्रभाबकारी बनाई उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने बताए । संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम संस्थाको रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा नीजि क्षेत्रसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उनले जोड दिइन् ।

संघकी अध्यक्ष श्रीमती सिंहले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समयसापेक्ष बनाउँदै लैजानुपर्ने उल्लेख गरेकी छन् । विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सवै पदाधिकारीहरूको सहयोग प्राप्त हुने विश्वास उनले व्यक्त गरिन् ।

कार्यक्रममा सोही संघकी महासचिव श्रीमती सुनम पोखरेल उपाध्यायले संघको कार्य प्रगति तथा वार्षिक गतिविधि विवरण प्रस्तुत गर्दै संघले विभिन्न संघसंस्थासँग हालै गरेको सम्झौता अनुरुप ती संस्थाबाट प्राप्त हुने सेवा सम्बन्धमा जानकारी दिए । साथै संघकी कोषाध्यक्ष श्रीमती अनुश्री पाख्रिनले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक आय-व्यय र आर्थिक वर्ष २०७९/०८० को अनुमानित आय-व्ययको विवरण प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा उपस्थित संघका पदाधिकारीहरू तथा सदस्यहरूबीच संघको काम कारवाही, आगामी योजना तर्जुमा लगायत विभिन्न विषयमा अन्तरक्रिया समेत भएको थियो ।

प्रतिक्रिया सबै