zoom app.com download zoom aus download join zoom meeting with password zoom conference download pc download to zoom zoom app for pc online
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

सरकारलाई विप्लवको चेतावनी : तीन बुँदे सहमति कार्यान्वयन नगरे हातमा दही जमाएर बस्दैनौँ

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले तीन बुँदे सहमति पालना नगरे हातमा दही जमाएर नबस्ने चेतावनी दिएको छ ।

ललितपृुर जिल्ला अदालतले पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लब र प्रवक्ता प्रकाण्डलाई पक्राउ पुर्जी जारी गरेपछि उक्त दलले सरकारी कदमको विरोध गरेको हो ।

‘तीन बुँदे सहमतिकाविरुद्ध सरकार र राज्यले आज गराएको घटनालाई तुरुन्त रोकिएन र यसवाट भावी निम्तिने गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ ।’,
प्रवक्ता प्रकाण्डद्धारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ, ‘राज्यका सञ्चालकहरुले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ ।’

पार्टी तीन तीन बुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिका प्रति पार्टी दृढ रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ । ओली र वर्तमान सरकार वर्तमान ३ बुँदे सहमतिप्रति इमान्दार नदेखिएको नेकपाको ठहर छ ।

थुनामा रहेका आफ्नो पार्टीका कार्यकर्ता रिहा नभएको जनाइएको छ । पक्राउ पुर्जी जारी हुनुले शान्ति प्रक्रिया भाँडिने र देशलाई द्वन्द्वतिर धकेल्ने काम सरकारले गरेको विप्लव नेतृत्वको नेकपाले उल्लेख गरेको छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको माओवादीबाट विद्रोही गर्दै सशस्त्र द्धन्द्धमा फर्किएका विप्लव समूहले ललितपुरस्थित एनसेल कार्यालयमा तोडफोड गरेको र सो क्रममा एकजनाको मृत्यु भएको थियो ।

देशभरी यस्ता हिंस्रक घटना घटाएको सो समूहविरुद्ध देशैभरी उजुरी परेका छन् । तत्कालिन केपी ओली नेतृत्वको सरकारमार्फत शान्ति प्रक्रियामा आए पनि उनीहरुविरुद्ध परेको मुद्दा अझै फिर्ता भएको छैनन्, जसकाकारण अदालतले समय समयमा उनीहरूवरिुद्ध पक्राउ पुर्जी जारी गर्दै आएको छ ।

प्रतिक्रिया सबै