१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

जनार्दन शर्मा प्रचण्ड र देउवाको नजरमा चोखिए पनि जनताको नजरमा चोखिने छैन : शंकर पोखरेल

 सोमवार, साउन १६ २०७९  

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिलेको सरकार माफियाको भएको आरोप लगाएका छन् ।

भ्रष्टाचार र महंगीविरुद्ध एमालेले सोमबार राजधानीमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले नेतृत्वको सरकारले ४ प्रतिशतमा कायम राखेको महंगी अहिले बढेर ८ प्रतिशतमाथि लागेको बताए ।

भ्रष्टाचार र महंगीविरुद्ध जनता सडकमा आउनुपर्ने पनि उलने बताए । अहिले सरकारका कारण महंगी बढेको र जनताको जीवनस्तर कष्टकर बनेको उनले बताए ।

एमाले नेतृत्वको सरकार ढालेर जनताको विकास र सम्मृद्धिको चाहना समाप्त पार्न खोजिएको र यो सरकार रहिरहे नेपाल श्रीलंका बन्ने खतरा रहेको पनि उनले बताए । ‘अदालत सौदाबाजीको केन्द्र बनेको छ, न्याय बिक्री हुन थालेको छ । संसद राष्ट्रविरुद्ध षड्यन्त्र गर्ने स्थल हुन थालेको छ’, उनले भने, ‘यो जनताको हितको प्रतिनिधित्व गर्न सक्ने सरकार होइन । माफियाको सरकार हो ।’

अर्थमन्त्री जनार्दन शर्मा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नजरमा चोखिए पनि जनताको नजरमा नचोखिने उनले बताए । ‘जनताले घातक व्यक्तिका रुपमा चिनिएका छन् । जनतामाथि घात गर्नेहरुलाई चुनावको मैदानमा पराजित गर्नुपर्छ’, उनले भने ।

 

प्रतिक्रिया सबै