११ आश्विन २०८०, बिहीबार Thursday 28 September, 2023

अमेरिकाद्वारा युक्रेनलाई थप हतियार सहयोग

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । अमेरिकाले रसियासँग लडिरहेका युक्रेनी सेनाका लागि थप हतियार उपलब्ध गराएको छ । ती हतियारमा रकेट लन्चरहरू र आर्टिलरी बन्दुकहरूका लागि गोला बारुद समावेश छ ।

५५० मिलियन डलरको नयाँ प्याकेजमा एचाईएमएआरएस भनेर चिनिने उच्च गतिशीलता भएको उन्नत रकेट प्रणालीका लागि थप गोला बारूद छन् । त्यस्तै, तोपखानाका लागि गोला बारु सहयोग पनि प्याकेजमा उल्लेख गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले जानकारीलाई दिए ।

सहयोगमा १५५ एमएम आर्टिलरी गोलाबारुदका ७५ हजार राउन्डहरू पनि समावेश छन् । २४ फेब्रुअरीमा रुसले हमला गरेपछि अमेरिकाले किभलाई बारम्बार हतियार सहयोग प्रदान गर्दै आएको छ । यसैबीच, रुसी सेनाको कब्जामा रहेको खेर्सनलाई फर्काउन युक्रेनी सेनाले विभिन्न रणनीति अपनाएको छ ।

प्रतिक्रिया सबै