ibm zoom download zoom meeting login singapore zoom cloud meeting app review dolly zoom download infinite zoom gif download
१८ आश्विन २०७९, मंगलवार Tuesday 4 October, 2022

अमेरिकामा बाढी, ३७ जनाको मृत्यु

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ । बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही घरहरु बगाएको छ ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन् । बाढीमा अझै केही हराइरहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युत विहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेको सीबीएस न्युजले जनाएको छ । बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ ।

 

प्रतिक्रिया सबै