download latest zoom client download zoom meeting for microsoft edge download zoom installer.exe zoom cloud meeting free download do i have to download zoom to join a meeting - do i have to download zoom to join a meeting zoom meeting join online meeting - zoom meeting join online meeting zoom app installation zoom online no download
२९ श्रावण २०७९, आईतवार Sunday 14 August, 2022

एकैदिन ८१४ जनामा कोरोना संक्रमण

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो अवधिमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कसैको पनि मृत्‍यु नभएको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४१५ जनाको परीक्षणमा ८१४ जनामा संक्रमण पुष्टि भएको हो । जसमध्‍ये २ हजार ७६२ जनाको पीसीआर परीक्षण गर्दा ५०९ जना र २ हजार ६५३ जनाको एन्टीजेन परीक्षण गर्दा ३०५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ५ हजार १४४ पुगेको छ । पछिल्लो २४ घण्टामा २९९ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार ४ हजार ९८५ जना होम आइसोलेसनमा रहेका छन् भने १५९ जना संस्थागत आइसोलेसन र ३८ जना आईसीयूमा छन् ।

यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार ९३८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया सबै