zoom install windows 10 s mode free zoom app download for pc windows 10 - free zoom app download for pc windows 10 www.zoom.us/download para reuniones zoom download 5.4.2 zoom 64 bit download for windows 10 free download zoom meeting www.zoom meeting download zoom download site zoom.us
२३ श्रावण २०७९, सोमबार Monday 8 August, 2022

पद खोज्नेहरुलाई पार्टी प्रवेशमा निषेध : रवि लामिछाने

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले कुनै पद खोज्नेलाई आफ्नो पार्टीमा गर्न प्रवेश नदिने बताएका छन् । मंगलबार सुर्खेतमा आयोजित कर्णाली प्रदेश स्तरीय भेलामा उनले कुनै पद खोजेर आउन चाहनेलाई प्रवेश निषेध रहेको बताए ।

‘जो मान्छे यो पद भए मात्र आउँछु भन्छ, यो पार्टीको जीवन रहेसम्म मेरो जीवन रहेसम्म त्यस्तालाई यो पार्टीमा आउन दिन्न,’ उनले भने ।

अहिलेका मूलधारका राजनीतिक दलमा पद नपाएर आफ्नो पार्टीमा आउन चाहनेका लागि पनि ठाउँ नभएको उनले बताए । ‘जसले ती पार्टीमा बेथिती रह्यो, मैले चिर्न सकिन भन्छ त्यस्ता मान्छेलाई स्वागत छ’ अध्यक्ष लामिछानेले भने ।

उनले यस पटक पनि मत फेर्न नसके ५ वर्ष फेरि दुख पाइने बताए । ‘यस पटक मत फेर्न सकेनौं भने फेरि अर्को ५ वर्षका लागि यही सुनाउनुपर्नेछ, तर मलाई थाहा छैन आफ्नो सुविधा सम्पन्न जीवन छाडेर अर्को हर्क साम्पाङहरु, अर्का स्वतन्त्र उम्मेदवारहरु आउँछन्, आउँदैनन्, अर्का बालेनहरु र गोपी हमालहरु आउँछन् कि आउँदैनन् ?’

कर्णाली फेर्ने कामको सुरुवात कर्णालीकै वासिन्दाले आफ्नो भोट फेरेर गर्न सक्ने उनले बताए । ‘तपाईले हाल्ने मतबाहेक तपाईंको भाग्य बदल्ने अरु कुनै उपाय छैन’ उनले भने ।

 

प्रतिक्रिया सबै