१ जेष्ठ २०८१, मंगलवार Tuesday 14 May, 2024

पहिरोले एकै परिवारका ५ जनाको मृत्यु

 मङ्लबार, साउन १७ २०७९  

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिका-२ रुममा अविरल वर्षाको कारण मंगलबार पहिरो जाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा सोही ठाउँ बस्ने ३६ को घाम बहादुर बिक, उनकै श्रीमती ३४ वर्षीया राममाया बिक, उनकै छोराहरू १८ वर्षीय नवीन विक, १४ वर्षीय राजन विक र छोरी ७ वर्षीया अस्मी पटेल रहेका छन् ।

उक्त स्थानमा पहिरो आई २ ओटा घरहरू बगाई मानिसहरू समेत बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा उनीहरूको शव भेटिएको हो ।

यस्तै पहिरोमा परी घाइते भएका सोही ठाउँ बस्ने ६५ वर्षीय गोठे बिक र उनकै श्रीमती ६५ वर्षीया गोरी बिकलाई रुम स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । पहिरोबाट ३ वटा घर र १ वटा गोठ पुरिएर क्षति भएको छ । तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्धार कार्य गरिरहेको छ ।

प्रतिक्रिया सबै